झलनाथ खनालको क्षेत्रमा १४ घण्टादेखि मतगणना स्थगित

इलाम | मंसिर ७, २०७९

झलनाथ खनालको क्षेत्रमा १४ घण्टादेखि मतगणना स्थगित

इलाम:   इलाममा क्षेत्र नम्बर १ मा १४ घण्टादेखि मतगणना रोकिएको छ । पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनाल उम्मेदवार रहेको यो क्षेत्रमा मतगणना रोकिएको हो ।


कर्मचारीले जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै सत्ता गठबन्धन तर्फका राजनीतिक दलले मतगणना बहिस्कार गरेपछि गएराति करिब ८ बजेदेखि मतगणना रोकिएको हो । विवाद भएपछि अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको बताइएको छ ।


यो क्षेत्रमा नेकपा एमालेका महेश बस्नेतले खनाललाई पछि पारेका छन् । बस्नेतले १० हजार २८७ मत ल्याउँदा खनालले ८ हजार ७८० मत ल्याएका छन् ।

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्